नरेश राना/कञ्चनपुर, २८ भदाै ।

कञ्चनपुरको बेलडाँडी, बेलौरीका काँग्रेस एमालेका नेता कार्यकर्ता माओवादीमा प्रवेश गरिरहेका छन् ।

पछिल्लो समय माओवादी प्रवेश हुनेकाे लहर बढे संगै सोमबार नेकपा माओवादी निर्वाचन क्षेत्र नम्बर १ ख द्धारा आयोजित पार्टीको विस्तारित बैठकमा बेलडाँडी र बेलौरी क्षेत्रका काँग्रेस एमालेका दर्शनाैं नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

काँग्रेस, एमाले परित्याग गरेर माओवादीमा प्रवेश गर्नेहरुलाई नेकपा माओवादी केन्द्रका पोलिट्ब्यूरो सदस्य एवम् पुर्वमन्त्री माननीय बिना मगर द्धारा स्वागत गरिएको थियोे ।

कार्यक्रमकाे प्रमुख अतिथि समेत रहेकी मन्त्री मगरले आगामी चुनावी रणनीतिका बारेमा छलफल गर्नुहुदै विभिन्न निर्वाचन परिचालन समिति तथा प्रचारप्रसार समिति गठन गरिएको उनका स्वकीय सचिव दिपक तिमिल्सिनाले बताए ।

नेकपा माओवादी केन्द्र कञ्चनपुरका युवा नेता समेत रहेका तिमिल्सिनाले आगामी मंसिर ४ काे मिसनमा पूरा गर्न माओवादी केन्द्र फरक ढंगबाट अघि बढिरहेको बताए ।

अझै काँग्रेस एमाले सहितका अन्य दलबाट माओवादी प्रवेस गर्नेहरु बढीरहेको बताउदैं उनलेे आज काँग्रेस बेलौरीका नगर सदस्य सन्तोष विष्ट, वडा सदस्य रमेश विष्ट, तरुण दलका नेता निम प्रशाद ढुङगाना, एमाले बेलडाँडीका गाँउ कमिटि सदस्य जयराम चौधरी सहित दर्जनौं नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेकाे जानकारी दिए ।

प्रदेश ख कमाण्डर एवम् माओवादी केन्द्रकी केन्द्रीय सदस्य दिपा चाैधरीकाे सभापतित्व रहेको कार्यक्रमकाे सञ्चालन भने प्रदेश कमिटी सदस्य तथा क्षेत्रीय इञ्चार्ज पाेतिलाल चाैधरीले गरेका थिए । बैठकमा क्षेत्रका शिर्ष नेता कार्यकर्ताहरुकाे उल्लेखनीय सहभागिता रहेको थियोे ।