धनगढी, २० भदौ । धनगढी उपमण्हानगरपालिका वार्ड नं. १० मा भदौ १९ र २० गते २ दिने निःशुल्क वृद्ध चेकजाँच कार्यक्रम संचालन भएको छ ।

उक्त कार्यक्रममा स्वास्थ्य शाखाका ३ जना स्वास्थ्यकर्मी गीता डाँगी, गजेन्द्र सिंह र महेन्द् बिष्ट खटिएका छन् । वृद्ध चेकजाँच कार्यक्रम पुर्व वडाअध्यक्ष राजेन्द्र रानाले आफ्नो पहलमा ल्याएको भ्रमक समाचार फैलाएका थिए । जुन कुराको विरोध स्वास्थ्य चेकजाँच कार्यक्रममा खटिएका स्वास्थ्यकर्मी गजेन्द्र सिंह र गिता डाँगीले गरेका छन् । उनको भनाई अनुसार यो स्वास्थ्य चेकाजाँच कार्यक्रम कुनै व्यक्ति विशेष अथवा वडाको पहलमा नभई नेपाल सरकार माताहात अन्र्तगतको कार्यक्रम रहेको छ । पछिल्लो साता यता वार्ड नं. १० को कार्यालय बन्द रहेको र आफुसँग वर्तमान वडाअध्यक्षको सम्पर्क नम्बर नरहेको हुनाले स्वास्थ्य चेकजाँच कार्यक्रम संचालन भएको जानकारी पुर्ववडाअध्यक्ष मार्फत सम्पुणर् वडाबासीलाई जानकारी गराईदिन अनुरोध गरेको मात्रै हो भनेर स्वास्थ्यकर्मी राजेन्द्र सिंहले बताउनु भएको छ । कार्यक्रम यो साल मात्रै नभई पछिल्लो साल पनि सम्पन्न भएको थियो ।

अडियो

हिजो सम्पन्न भएको चेकजाँचमा करिब १२० जना भन्दा बढीले चेकजाँच गराएका थिए भने आज करिब १२ बजे हुँदा सम्म ६० जनाले चेकजाँच गराई सकेका र अझै करिब ४० देखि ५० जना चेकजाँच गराउन बाँकी रहेको जानकारी स्वास्थ्यकर्मीले गराएका छन् ।

यसरी नेपाल सरकार माताहातको कार्यक्रमलाई कुनै ब्यक्तिको पहलमा भएको भ्रमक समाचार नफैलाइदिन अनुरोध गर्दै यो निःशुल्क स्वास्थ्य चेकजाँच कार्यक्रम सबैलाई नभई वृद्धहरुको लागि मात्रै रहेको र यो कार्यक्रम धनगढी उपमहानगरपालिका वार्ड नं. १० मात्रै नभएर हरेक वडा र हरेक जिल्लामा संचालन भएको जानकारी स्वास्थ्यकर्मीहरुले दिएका छन् ।