नरेश राना / कञ्चनपुर, १७ भदाै । मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि नेपाली काँग्रेस कञ्चनपुर १ “क” बाट प्रत्यक्ष तर्फ १० जना र समानुपातिक तर्फ ७ जना उम्मेदवारको नाम सिफारिस गरेको छ । जसमध्ये लालझाडी गाउँपालिकाबाट जगदिश रानाको मात्र नाम सिफारिस भएको छ ।
काँग्रेस कञ्चनपुर जिल्लाको क्षेत्र नं. १ “क” बाट प्रदेशसभा सदस्य पदका लागि प्रत्यक्ष तर्फ अमरजन साउद, कृष्ण ब. तमाङ्ग, जगदिश राना, तनुराज पन्त, तुलाराम राना, दाउत तामाङ्ग, बन्धु राना, भरत ब. बिष्ट, सुक ब. तमाङ्ग र हरि प्रसाद अधिकारी गरि जम्मा १० जनाको नाम सिफरिस भएको थियो । त्यसै गरि समानुपातिकतर्फ अजबसिंह राना, चमेली तमाङ्ग, ठगी राना, दिर्खसिंह ठकुरी, प्रेम ब. थापा, बिन्दु श्रेष्ठ र मिरा देवी चन्द लगायत ७ जनाको नाम सिफारिस भएको छ ।
नेपाली काँग्रेस कञ्चनपुर जिल्लाको क्षेत्र नं. १ “क” का उप–सभापति जगदिश राना एक असल राजनितिज्ञ, जुझारु, विकासवादी युवा नेताले पार्टीका लागि मात्र नभई समाज र देशका लागि गरेका असल कामहरुको उच्च मुल्याङ्कन गर्दै प्रदेशसभा सदस्य पदका लागि लालझाडीबाट जगदिश रानाको नाम सिफारिस गरिएको प्रदेश “क” का सभापति मानबहादुर रोकायाले बताए ।







