धनगढी उप-महानगरपालिका वडा नं १० मा पुनः स्थानीय बासिले तालाबन्दी गरेका छन ।

२०७९ भदौ १० गतेका दिन भएको तालाबन्दी भदौ १३ गते कुनै पनि सल्लाह नगरी ताला तोडिएको भनेर आज वडा कार्यालयमा वडाबासी आक्रोशित भएका थिए । वडा अध्यक्ष शिव कुमार रानाले छलफलका लागि बोलाएको तर आन्दोलनकर्ता नआएकोले ताला खोलेका थिए । यता आन्दोलनकर्ताले हामीलाई छलफल गर्न कुनै पनि खबर नभएको भनेर आन्दोलनकर्ता राम कुमार रानाको भनाई छ ।

कार्यालय सहयोगीमा ५ वर्षदेखि काम गर्दै आएकी ममता चौधरीलाई बिना कारण निकालिएकोले वडा कार्यालयमा तालाबन्दी गरेका छन । यदि ममता चौधरीलाई पुनः काममा निरन्तरता नदिएमा तालाबन्दी जारी रहने भनेर भनाई छ ।

आन्दोलनकर्ताले आवश्यक कारबाहीका लागि सक्कली पत्र जिल्ला प्रहरी कार्यालय कैलालीबाट पठाईएको थियो ।

नगरपालिकाबाट निरन्तरता दिने भनेर चिठी आएपछी नगरपालिकालाई मैले नयाँ कार्यालय सहयोगी राखिसके र तपाईंले नगरपालिकामा काम गर्नु होला भनेर मैले पत्र पठाएको थिए । नगर सभाको बैठकको पालना गर्ने भनेर धनगढी वडा नं १० का वडा अध्यक्ष शिव कुमार रानाले बताएका छन ।