शुक्रराज राना/ बेलौरी, १४ भदौ । कञ्चनपुरको बेलौरी देखि धनगढीको हुलाकी सडक हालसम्म पुर्ण रुपमा बनि सकेको र बिग्रेको पनि मर्मत गर्न सम्बन्धित निकायले ध्यान नदिँदा आज बेलौरी नगरपालिका वडा नम्बर ६ का युवाहरु मिलेर खाल्डाखुल्डी पुरेका छन् ।


बेलौरी बजारको पुर्व करिब ५०० मिटर बाटो हालसम्म पिच नभएको खाल्डाखुल्डी रहेको अवस्थामा छ । ६ नम्बर वडाबासी युवाहरुले नगरपालिकामा धाउँदा नगरपालिकाको बजेट नरहेको उक्त बाटो निर्माणको ठेकेदार को हो भन्ने पनि नगरपालिकालाई थाहा नभएको जानकारी स्थानीय युवा व्यवसायी प्रभु रानाले बताउनुभयो।


नगरपालिका र प्रतिनिधिहरूहरुले केही गर्न नसकेको अवस्थामा स्थानीय युवाहरु मिलेर बाटोमा रहेका खाल्डाखुल्डी मात्रै होइन आफ्ना नगर र जनप्रतिनिधिहरूको लाज ढाकछोप गरेका हौँ भनेर चौधरी समुदायको भल्मन्सा भेषराज चौधरीले बताएका हुन्।