शुक्रराज राना/ बेलौरी, १२ भदौ । नेपाली काँग्रेस क्षेत्र नम्बर-१ मा देउवा गुटकाे भेला बेलाैरी-९ कुण्डामा सम्पन्न भएकाे छ ।
आइतबार निर्वाचन क्षेत्र नम्बर- १ का काँग्रेस पार्टी सभापति शेर बहादुर देउवा समुहका नेता तथा कार्यकर्ताहरूकाे भेला बेलाैरीकाे कुण्डामा सम्पन्न भएकाे हाे ।
भेलामा पुनर्वास, बेलाैरी, लालझाडि र बेलडाँडीका काँग्रेस नेता तथा कार्यकर्ताहरूकाे सहभागिता रहेकाे काँग्रेसका नेता हरिश्चन्द्र ठकुरीले बताउनु भयाे । उनले भने “भेलामा आगामी मंसिर ४ गते हुने निर्वाचनका बारेमा कसरी जाने भन्ने विषयमा छलफल भएकाे बताए ।”
” पार्टी भित्र पछिल्लो चरणमा व्यक्तिवादि र निरकुंश प्रवृति हावि भएकाे भन्दै पार्टीलाई बचाई सबै कार्यकर्ताकाे भावना अनुरूपकाे पार्टी बनाउन आवश्यक रहेकाे भन्दै भेला डाकेकाे नेता चन्दले बताउनु भयाे ।”
काँग्रेसकाे १४ औ महाधिवेशन देखि स्थानिय निर्वाचन र अहिले आएर प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा समेत कट्टर काँग्रेसी नेता तथा कार्यकर्ता माथि अहिलेकाे काँग्रेस क्षेत्र नम्बर-१ का नेतृत्व पंतिबाट हरेक सवालमा विभेद गरिएकाे भन्दै फरक रूपमा हामी देउवा समुहकाे भेला बाेलाई आगामी रणनितिका बारेमा छलफल भएकाे नेता चन्दले बताए ।
अहिलेका क्षेत्रका नेताबाट हरेक क्षेत्रमा व्यक्तिवाद प्रवृति, विभेदकारी र अहमताकाे नेतृत्व हावि भएकाे भन्दै पार्टी भित्र विकल्प खडा गरी अगाडि जाने विषयमा भेलामा छलफल भएकाे सहभागी नेताहरूकाे भनाई रहेकाे थियाे ।
पार्टीकाे केन्द्रीय रूपमा भएकाे निर्वाचनमा जाने गठबन्धनकाे निर्णय अनुरूपनै जाने र प्रतिनिधि सभा र प्रदेश सभाका प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारका बारेमा पनि साे भेलामा छलफल भएकाे भेलामा सहभागि नेपाल फोटोग्राफर एसोसिएसन कञ्चनपुर दक्षिण बेल्टको अध्यक्ष तथा काँग्रेसका युवा नेता बिरेन्द्र शाही (बिरु)ले बताए ।
साे भेलामा निर्वाचन क्षेत्र नम्बर-१ का चारै पालिकाका ५० जना जति काँग्रेसका पाका देखि युवा सम्मका नेता तथा कार्यकर्ताकाे सहभागिता रहेकाे थियाे ।






