नरेश राना/कञ्चनपुर, ४ भदाै । जनसरोकार पोस्ट राष्ट्रिय दैनिक ११ औँ बर्षमा प्रवेस गरेको छ । बैतडी र कञ्चनपुरबाट प्रकासित हुने जनसरोकार पोष्ट दैनिक शनिबारदेखि ११ औँ बर्षमा प्रवेस गरेको हो । पत्रिकको बार्षिकोत्सव अवसर पारेर म्याराथन प्रतियोगिता गरिएको छ ।

पत्रकार मनोज भट्ट प्रथम, विकास सिह महता द्वितिय, मदन नेपाली तृतिय र केशव थापा र कमल रोकायाले सान्त्वना पाएका छन । विजेता एव सहभागिहरुलाई प्रमाण पत्रका साथै पुरस्कार वितरण गरिएको छ । क्रमस प्रथम, द्वितिय र तृतियलाई नगद ३ हजार, २ हजार १ हजार र सान्त्वना तर्फ ५ सय महिला सहभागि ऐश्वर्या कुँवरलाई ५ सय पुरस्कार वितरण गरिएको थियो ।

सहभागि एव विजेताहरुलाई कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रशाद अर्याल, नेपाल पत्रकार महासंघका अध्यक्ष माधव सिह धामी, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख श्याम सिह चौधरी, ट्राफिक प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज उत्तम चन्द, वडा प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज प्रकास सिह भण्डारी, जनसरोकार पोष्ट दैनिकका प्रकासक राजेन्द्र प्रशाद अवस्थीले पुरस्कार वितरण गरेका थिए ।

कार्यक्रमका सभापति समेत रहेका जनसरोकार पोष्ट दैनिकका संचालक राजेन्द्र प्रशाद अवस्थीले आगामी दिनमा थप स्तरिय बनाउँदै जाने प्रतिबद्धता जाहेर गरेका छन । प्रमुख अथिति समेत रहेका कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रशाद अर्यालले पत्रकारिता क्षेत्र स्वास्थ्यका हिसाबले समेत स्वच्छ हुनुपर्नेमा जोडदिए ।

बिशिष्ठ अथिति नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष माधव सिह धामीले जनसरोकारवाट पृथक कार्य भएको बताए । यस्तै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख श्याम सिह चौधरीले पत्रिकाको बार्षिकोत्सव अवसर पारेर भएको कार्यक्तम सरानिय भएको बताए । कार्यक्रममा जिल्लाका विभिन्न क्षेत्रका पत्रकारको सहभागिता रहेको थियो ।