जेम्स राना/बेलौरी, ०१ भदाै । कन्चनपुरकाे बेलौरी नगरपालिकाका नगर प्रमुख पोतीलाल चौधरीले मंगलबार नेपाल भारत सिमानाको अनुगमन गर्नुभएको छ ।

मंगलबार नगर प्रमुख चौधरीले नेपाल भारत सिमानाका सिमा स्तम्भ २०१ देखि २०२, २०३, २०४ र २०५ पिल्लर सम्मको अनुगमन गर्नुभएको थियो । काठमाडौं अर्थात संघ सरकार सँगको डेलिकेसन गएर फर्के सँगै खुला सिमा क्षेत्रको अनुगमनमा उत्रीनु भएको छ ।बेलौरि नगरपालिका वार्ड नं. २ र वार्ड नं. १ सँग जोडिएको केही भुभागको आज उहाँले गर्नु भयको छ । नगरपालिका संग सिमाना जोडिएका यस क्षेत्रका नागरिकले दुःख नपाउन भन्ने उदेश्यका साथै आफुले अनुगमन गरेको मेयर चौधरीले बताए ।

बेलौरी नगरपालिका अधिकांस जनता कृषिमा आश्रृत रहेका छन् । अहिले खेतीपातीको समयमा कृषकले मल नपाउने समस्या देशै भरिको समस्या हो । विशेष गरी आफ्ना नगरबासीहरुलाई मल तथा अन्य दैनिक उपभोग्य सामानहरु ल्याउन सहजिकरणका लागी मेयर चौधरीले पहिले देखी नै प्रयास गर्दै आईरहेका छन् ।खुला सिमाना भएका कारण भारतीय स्थानिय सरकार र स्थानीय प्रशासन सँग समन्वय गरि आफ्ना नगरबासीको लागी दैनिक उपभोग्य सामग्री तथा कृषिका लागी आवस्यक मलखाद देखि कृषि सँग सम्बन्धित चिजको सहज उपलब्धताता होस् भन्ने हेतुले अनुगमन गरेको कुरा मेयर चौधरीले बताए ।