काठमाडौँ, ०१ भदाै । नेपाली काँग्रेस केन्द्रीय नीति ,अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सानेपाको ललितपुरमा सुशासन पारदर्शिता जवाफदेहिता गतिशीलता समुन्नतिका लागि हाम्रो दृढ प्रतिबद्धता भन्ने मुल नाराका साथ आयोजना गरिएकाे गरिमामय कार्यक्रममा पुनर्वास नगरपालिकाका उपप्रमुख भुलिया कुमारी रानाले उपप्रमुखको क्षेत्राधिकार सम्बन्धि आफ्नो बिचार प्रस्तुत गर्नुभएको थियो।

नगरपालिकामा प्रमुख र उपप्रमुखले आफ्नो कार्यक्षेत्रको गरिमा नबुझि दिदा कतिपय पालिका हरूमा पदभार ग्रहण गरेको एक दुई महिना नपुगदै झगडा हुने गरेको कुरा हरु बहिरीएका छन त्यसैले उपमेयरले पालिकामा मेयर सग समन्वयकारी भुमिका निर्वाह गर्दै आफ्नो कार्यक्षेत्र भित्र रहेको राजस्व परामर्श समिति, अनुगमन समिति ,न्यायीक समिति जस्ता महत्त्वपूर्ण समितिको संयोजकको भुमिकामा रही स्थानीय सरकार संचालन ऐनले दिएको अधिकारको पहिचान र अध्ययन गरि कानुनमा टेकेर नगरपालिकालाई सुशासन पारदर्शिता जवाफदेहिता गतिशीलता समुन्नतिको दिशामा अगाडि बढाउन सकिन्छ भन्ने कुरामा जोड दिनुभएको थियो।