नरेश राना/कञ्चपुर, ३१ सामन । सुदूरपश्चिम प्रदेश सरकारले भदौ १ गते सार्वजनिक बिदा दिइएको छ।
भदौ १ गते मनाइने ओल्के पर्वको अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो।
उक्त दिन सुदूरपश्चिम प्रदेश भरी सबै सरकारी कार्यालय तथा सार्वजनिक निकाय बिदा हुने सुदूरपश्चिम प्रदेश सरकारले जनाएको छ । काँक्रा, भाण्टा, मुला, दही, पिँडालुका पात र हरियो सागपात आफन्तजनलाई बाँडेर सुदूरपश्चिममा ओल्के पर्व उल्लासपूर्वक मनाउने गरेको छ ।
साउन मसान्तसँगै प्रदेशमा ओल्के पर्वको रमझम सुरु हुन्छ। साउने झरी सकिए लगत्तै दैवी प्रकोपबाट बाँचिएको खुसीयालीमा सुदूरका पहाडी जिल्लामा ओल्के पर्व मनाउने चलन छ।साउनको अन्तिम दिन र भदौको पहिलो दिनमा विशेष महत्त्वका साथ ओल्के पर्व मनाइने परम्परा रहिआएको छ।






