बेलौरी, ३० सामना। कञ्चनपुरको बेलौरी नगरपालिका १० शिवनगरमा सोमबार बिहान बस दुर्घटना हुँदा चालक घाइते भएका छन् । धनगढीतर्फ जाँदै गरेको ना ३ ख ५०८८ नम्बरको बस बिहान करिब ८ बजेको समयमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

शिवनगर बसपार्क देखि केही पर बसको स्टेयरिङमा समस्या आउदा दुर्घटना भएको हो बसमा चालक र सहचालक मात्र थिए । पुनर्वास नगरपालिका-१ मोतिबस्तीका बस चालक नारायण चन्द सामान्य घाइते भएको प्रहरी जनाएको छ ।