बेलौरी, २२ साउन । बेलौरी नगरपालिका वडा नं।६ का एक जना वडा सदस्य निर्वाचित भए लगत्तै आफुले जनता समक्ष गरेको वाचाहरुलाई पुर्णता मात्र नदिएर उहाँ आफ्नो काम, कर्तव्यलाई आत्मसाथ बिकासको बाटोमा लागि पर्नुभएको छ ।
बेलौरी नगरपालिका वडा नम्बर ६ का वडा सदस्य नारायण प्रसाद जैशी शनिबार बिदाको दिन वडा नं।४ र ६ को कार्यालयको प्राङ्गणमा रहेको एक ट्राली फोहोर एक जना वडाकै कर्मचारी सँग मिलेर सफा गर्नुभएको छ । “जनताले मलाई निर्वाचित गर्नुको अर्थ म जनताको लागि योग्य प्रतिनिधि हुँ त्यसकारण मैले जनताको चाहना अनुसार काम गर्न सक्नुपर्छ र गर्नेछु । ” भनेर वडा सदस्य जैशीले बताउनु भयो ।







