नरेश राना/कञ्चनपुर, १९ सामन । सरकारले प्रादेशिक र संघीय निर्वाचनको मिति घोषणा गरेको छ। आउदो मङ्सिर ४ गते प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन घोषणा भएसङ्गै नेपाली कांग्रेसबाट कंचनपुर जिल्लाको निर्वाचन क्षेत्र नं. १ (क) को उम्मेदवारको लागि जगदीश रानाले दाबी गरेका छन ।
नेपाली कांग्रेस कंचनपुर जिल्लाको निर्वाचन क्षेत्र नं. १ (क) का उप-सभापति रहेका जगदीश रानाले आफ्नो क्षेत्रमा समाजसेवा र नयाँ परिवर्तन गर्नको लागि आफुले उम्मेदवारी दाबी गरेको बताउँछन ।
राना आफू रानाथारुको संस्कृति संरक्षण गर्नको लागि “जागौ रे ” र “आइगओ सावन” भन्ने बोलको म्युजिक भिडियोमा पनि अभिनय गरेका थिए । रानाथारु कलाकार मञ्च कैलाली कंचनपुरका केन्द्रिय सदस्य समेत रहेको भनेर जानकारी दिएका छन ।
आशा छ, अधिकांस युवा नै संसदमा जानेछन्, र देशले नयाँ, क्षमतावान्, योग्य ४० बर्ष मुनिकै प्रधानमन्त्री र मन्त्रीहरु पाउनेछ । गाउँ गाउँ बाट युवाहरु उठ्नुहोस् ।






