नरेश राना/लालझाडी, १७ सामन । नेकपा एकीकृत समाजवादी पार्टीका लालझाडी गा.पा सह- इन्चार्ज एबं प्रभावशाली युवा नेता अमर सिंह राना एमाले मै फर्किएका छन ।

समाजिक संजालमा प्रेस बिग्यप्ती सहित पोस्ट गर्दै एसको कुनै कार्य आफुलाइ चित्तबुझ्दो नभएकोले स्थानीय तहको चुनावमा समेत आफ्नो मुल पार्टी एमालेलाई खुलेरै समर्थन गरेको उल्लेख गरेका छन ।

बिगत २०६३ देखि विद्यार्थी अखिल नेपाल रास्टृय विद्यार्थी संगठन हुँदै राजनीति थालेका राना २०७४ को चुनावमा एमालेबाटै वडा अध्यक्षको उम्मेदवार समेत रहनु भएको थियो ।कंचनपुर जिल्ला युवा संघ सह-सचीव रहेकै बेला पार्टी फुट हुँदा एकीकृत समाजबादी खेमामा समर्थन गरेका थिए ।