जेम्स राना / बेलौरी, १६ सामन । कृष्णपुर नगरपालिकाको वडा नं. ७ कलुवापुर गाउँमा रानाथारू गाउँ सुधार समितिकाे आयोजनामा रानाथारु महिलाहरुको तीज बिशेष कार्यक्रम साउन १५ गते आईतबार भव्य र सभ्य रुपमा मनाईएको छ । कार्यक्रममा कृष्णपुर नगरपालिकाका प्रमुख र उप–प्रमुख लगायत बिभिन्न दलका नेताहरु सहभागी भएका थिए । कार्यक्रम कलुवापुर गाउँको भलमन्सा हरि किसन रानाको सभापतित्वमा समापन भएको थियो ।

कार्यक्रमको उद्घाटन कार्यक्रमको प्रमुख अतिथि माननीय श्यामलाल रानाले गर्नुभएको थियो र कार्यक्रमका बिशिष्ट अतिथि कृष्णपुर नगरपालिकाका प्रमुख हेमराज ओझा र उप–प्रमुख द्रोपति राना रहनुभएका थिए । कार्यक्रममा माननीय श्यामलाल रानाले तीज मनाउने कारण र बिशेष्ताको बारेमा स्पष्ट पार्दै शुभकामना दिनु भएको थियो ।

रानाथारुको बिशेष भएकोले नगरपालिकाका प्रमुखले रानाथारुमै मन्तव्य व्यक्त गर्नु भएको थियो र रानाथारु महिलाहरुलाई तीजको हृदय देखि शुभकामना दिनु भयो । उहाँले रानाथारु बाहुल्यता भएको रैकवार बिचवा र कलुवापुर गाउँमा रानाथारु महिलाहरुको पहिरन घँघरिया लोप हुने अवस्थामा रहेकोले गाउँमा घँघरिया सिलाई तालिम चाँडै नै सञ्चालन गर्ने बताउनु भयो ।

यस्तै कृष्णपुर नगरपालिकाका उप–प्रमुख द्रोपति रानाले नगरपालिकाबाट रानाथारु संग्रहालयको निर्माणको लागि कलुवापुर गाउँका रानाथारु दाजुभाईहरुको लागि बैण्ड बाजाको लागि बजेट बिनियोजन गरेको जानकारी गराउनु भएको थियो । उहाँले रानाथारु तीजको गीत गाएर रानाथारु महिलाहरुलाई तीजको असिम शुभकामना दिनुभएको थियो ।