पुनर्वासमा रानाथारु महिलाहरुले भव्यताका साथ मनाए तिज, भिडियाे सहित

२०७९ श्रावण १५, आईतवार २३:३३
पुनर्वासमा रानाथारु महिलाहरुले भव्यताका साथ मनाए तिज, भिडियाे सहित

पुजा राना/ कञ्चनपुर १५ सावन २०७९ ।

पुनर्वास नगरपालिका वडा नम्वर ७ परासन गाउँमा आज १५ गते आइतबारकाे दिन रानाथारु दिदीबहिनीहरुले निरहार वर्त बसी तीज पर्व मनाएका छन ।

सावन कृष्ण पक्षबाट शुरु भइ सावन शुक्ल तृतिय तिथिकाे दिन सम्म चल्ने गर्दछ । सावन शुक्ल तृतिय तिथी अाज १५ गते पर्न गएकाेले रानाथारु समुदायमा धुमधामका साथ तिज पर्व मनाएका छन । साेहि अवसरमा पुनर्वास नगरपालिका वडा नम्वर ७ परासन गाउँमा तिज पर्वकाे समापन कार्यक्रम सबादा रानाकाे सभापतित्वमा सम्पन्न भएकाे थियाे।

कार्यक्रमकाे प्रमुख अतिथी पुनर्वास नगरपालिका नगर प्रमुख तोया प्रशाद शार्म र विशिष्ट अतिथिमा उपप्रमुख भूलिया राना रहनु भएकाे थियाे । कार्यक्रमलाइ सम्बाेधन गर्दै नगर प्रमुख शर्माले भन्नु भयाे, ‘तपाइहरु जुन सुकै कार्यक्रम गर्दा हामीलाइ खबर गर्नुहाेला नगर पालिकाले तपाइकाे स‌स्कृति स‌रक्षका निम्ति सहयाेग गर्न तयार छ । तपाइहरुले याे न साेच्नुहाेला हामीलाइ सहयाेग गर्दैन भनेर तपाइहरु गाउकाे भलमन्सा सहित नगर पालिकामा अाउनु हाेला । कृष्णपुर नगर पालिकाले भलमन्सा हरुलाइ दिदै अाएकाे बार्षिक रकममा बृद्धि गर्छाै बताए नगर प्रमुख शार्मा ।

यो पर्वले दाजुभाइ, दिदीबहिनीबीच आत्मीयता थप प्रगाढ बनाउने विश्वास रहेको रानाथारू संस्कृतिकी जानकारहरु ले बताउछन ।