राज्यमन्त्री रैका द्वारा राना थारु समुदायको तीजको शुभकामना

२०७९ श्रावण १५, आईतवार १०:२८
राज्यमन्त्री रैका द्वारा राना थारु समुदायको तीजको शुभकामना

धनगढी १५ सावन ।

नेपाली कागेसका महासमिति सदस्य एंव सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक बिकास राज्यमन्त्री टेक बहादुर रैका ले सुदूरपश्चिमको मुख्य चाडपर्व,परम्परा, भाषा,कला संस्कृति नै प्रदेशको पहिचान भएको बताउनु भएको छ । सुदूरपश्चिमको कैलाली र कंचनपुरमा बसोबास गर्ने रानाथारु समुदायको ‘ तीज पर्वको अवसरमा आईतबार शुभकामना सन्देश दिनु हुँदै राज्यमन्त्री रैका उक्त कुरा बताउनु भएको हो।

सन्देशमा राज्यमन्त्री रैकाले सुदूरपश्चिममा मनाईने सबै समुदायको मुख्य पर्वहरु र संस्कृतिको संरक्षण, सम्बर्द्धन र बिकासमा प्रदेश सरकारले सहयोग र सहकार्य गर्ने बताउनु भयो । उहाँले राना समुदायको विशेष पहिचान संस्कृति र परम्पराहरुको संरक्षणमा समेत आफूले सहयोग गर्ने बताउनु भयो ।
रानाथारु समुदायको छुट्टै बिशेषता बोकेको ‘ तीज पर्व अन्य समुदायको भन्दा फरक तरिकाले रानाथारु समुदायका दिदी बहिनीले मनाउने गर्दछ्न। यो पर्व बिशेषगरी रानाथारु दिदीबहिनीहरुले आफ्नो भाइ भतिजाको लामो दिर्घायुको लागि व्रत बस्ने गर्दछ्न ।

तीजमा १५ दिन अगाडि देखि डाेला अर्थात पिङ हालेर दिदिबहिनीहरु आफनै मौलिकता विशेषको गीत गाएर पिङ खेल्दै मनाउने गरिन्छ र शुक्ल तृतियकाे दिनमा गएर महिलाहरुले बर्त बसेर सेलाउने गर्दछन राना थारु समाजका अगुवा नन्दलाल राना ले बताउनु भयो ।