एमबि राना/लालझाडी, १२ सामन । कंचनपुरको बेलडाँडी गाउपालिकाले सामन १५ गते स्थानिय बिदा दिएको छ ।
बेलडाँडी गाउपालिकाकाे मिती २०७९/०३/१० गते सम्मपन् भएकाे ११औँ गाउँसभाकाे निर्णनया अनुसार रानाथारू समुदायको तीज पर्ब १५ गते परेकोले महिलाहरुको महान पर्ब तीजको अबसरमा सावन १५ गते बेलडाँडी गाउपालिकाले स्थानीय सार्वजनिक बिदा गरिएको छ।
रानाथारु सामुदायमा महिलाहरुले मनाउने तिज पर्व सामनको कृष्ण पक्षबाट शुरु भएर शुक्लपक्षको तृतिय तिथीको दिनमा महिला हरुले निरहार वर्त बसेर समापन हुने गर्दछ । रानाथारु सामुदायमा यो पर्व दोस्रो ठुलो पर्वको रुपमा मनाउने गर्दछन । यो पर्वमा दिदीवहिनीहरुले भगवान संग आफ्ना भाइ र भतिजाहरुको लामो आयुको वरदान माग्ने गर्दछन ।







