निबा राना/धनगढी, सामन । सुदूपश्चिम प्रदेश, कैलाली र कञ्चनपुर दुई जिल्लामा बसोबास गर्ने रानाथारुहरुको विशेष तिज पर्व सावन १५ गते पर्न गएको छ । नेपाल रानाथारू समाज केन्द्रिय समितिको पहलमा कैलाली र कञ्चनपुरमा रानाथारु महिलाहरुले मनाउने महान तीज पर्वको सार्वजनिक विदाको लागि सुदुरपश्चिम प्रदेश सरकारका आन्तरिक ममिला मन्त्री डा. रण बहादुर रावल संग अनुरोध गरेका छौ भन्ने जानकारी नेपाल रानाथारु समाजका केन्द्रिय अध्यक्ष कृपाराम रानाले दिए ।
कैलाली कञ्चनपुरमा बासेबास गर्ने मुख्य आदिवासी– जनजाति रानाथारू समुदायको मुख्य रितिरिवाज, चाडपर्व, संस्कृति एवं पराम्परागत तिज पर्व रहेकोले रानाथारूहरुले परम्परागत रूपमा मनाउदै आएका छन । यो तिज पर्व अन्य कुनै समुदाय संग मेल खादैन तथापि समाजिक र संस्कृति बोकेको तीज पर्वको प्ररम्भमा यहि श्रावण कृष्ण पक्ष देखि शुरु भएर सावन शुक्लपक्षको तृतियको दिन समाप्त हुन्छ । यो पर्वमा महिलाहरुले निरहार बर्त बस्ने गर्दछन । यस वर्षको तिज सावन १५ गते आइतबारको दिन परेकोले उक्त एक दिन सार्वजनिक विदा उपलब्ध गराउन सुदुरपश्चिम प्रदेशसरकारलाई ध्यान अकर्षण सहित ज्ञापन पत्र पेश गरेका छन ।








