कञ्चनपुर, १२ सामन । ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कञ्चनपुरको लालझाडी गाउँपालिका-६ ढक्का शिविर बस्ने १५ वर्षीय किशोरलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
किशोरले ती बालिकालाई फकाई आफ्नै घर कोठामा लगेर बुधबार साँझ जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक दानसिंह भण्डारीले बताउनु भयो ।






