हिमाेद राना/पुनर्वास, १२ सामन । कंचनपुरको पुनर्वास नगरपालिकाले सावन १५ गते सार्बजनिक बिदा दिएकाे छ।
रानाथारूकाे महान चाड तिजकाे उपलक्ष्यमा सावन १५ गते पुनर्वास नगरपालिका अन्तरगतका विभिन्न वडा कार्यालय,विद्यालय, संघ संस्थाहरूमा कार्यरत रानाथारू समुदायका महिला कर्मचारी हरूलाई मात्र सार्वजनिका विदा दिइएकाे छ ।
रानाथारु सामुदायमा महिलाहरुले मनाउने तिज पर्व सावनको कृष्ण पक्षबाट शुरु भएर शुक्लपक्षको तृतिय तिथीको दिनमा महिला हरुले निरहार वर्त बसेर समापन हुने गर्दछ । रानाथारु सामुदायमा यो पर्व दोस्रो ठुलो पर्वको रुपमा मनाउने गर्दछन । यो पर्वमा दिदीवहिनीहरुले भगवान संग आफ्ना भाइ र भतिजाहरुको लामो आयुको वरदान माग्ने गर्दछन ।







