नरेश राना/कञ्चनपुर, १० सामन । कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नं. ५ देखतभुली गाउँमा आज मंगलबार का दिन रानाथारुको दोस्रो महान पर्व तीज को उपलक्ष्यमा खेलिने सामनको डोला (पिङ्ग) को उद्घाटन गरिएको छ।
लालझाडी गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष श्री पहल बहादुर थापाले उद्घाटन गरेको सामन को डोला मा अध्यक्ष लगायत समाजसेवी, बुद्धिजीवी तथा अगुवाले डोला डोलेका (पिङ्ग खेलेका) थिए।
वडा अध्यक्ष थापाले रानाथारुको महान पर्व तीज को उपलक्ष्यमा शुभकामना दिँदै आफ्नो कार्यकालमा रानाथारु को सँस्कृति संग्रक्षणको लागि सक्दो सहयोग गर्ने साथै, साथ दिने प्रतिबद्धता जनाएका छन।






