नरेश राना/लालझाडी, ९ सामन । कञ्चनपुरको लालझाडी गाउँपालिकाको कञ्चन सामुदायिक वन उपभोक्ता समुहद्वारा सोमबार बिरोध ¥याली गरेको छ । संविधान, संघीयता, सामुदायिक वन तथा महिला अधिकार विरोधी वन नियमावली २०७९ खारेज गर्नका लागि माग अघि सारेका हुन । 

सरकारले ल्याएको वन नियमावली उपभोक्ताको हितमा नभएको भन्दै बिरोध ¥याली गरेको हो । कञ्चन सामुदायिक वन उपभोक्ता समुह डाङ्गाजाईका कार्यालय सचिव मोतिराम रानाले सामुदायिक वनको अधिकार कुण्ठित गर्ने गरि ल्याएको वन नियमावली स्वीकार्य छैन् ।