नरेश राना/कञ्चनपुर, ३ सावन २०७९ ।
कञ्चनपुरको उदय सरस्वती बहुमुखी क्याम्पसको प्रमुखमा प्राध्यापक जगदीश सेटी नियुक्त भएका छन । कृष्णपुर नगरपालिका २वाणिबंकमा रहेको उदय सरस्वती बहुमुअी क्याम्पसको प्रमुखमा सेटी नियुक्त भएका हुन । लामो समयदेखि शिक्षक पेशमा आबद्ध सेटीलाई क्याम्पस संचालक समितिले प्रमुखको जिम्मेबारी दिएको हो ।
ग्रामिण भेगको उच्च शिक्षा एव शैक्षिक भौतिक गुणस्तर बृद्धिका लागि आफ्नो तर्फबाट काम गर्ने क्याम्पस प्रमुखसेटीले प्रतिबद्धता जोहर गरेका छन । क्याम्पस प्रमुखमा सेटीको नियुक्तसंगै सहकर्मी सहित कृष्णपुर क्षेत्रका समाजिक, राजनीतिक एव शैक्षिक बैद्धिक क्षेत्रका व्यक्तित्वले क्याम्सको बृद्धि विकास हुने अपेक्षा राखेका छन ।






