धनगढी, ४ सावन २०७९ ।
सुदूरपश्चिम प्रदेशका सामाजिक बिकास राज्यमन्त्री टेक बहादुर रैका ले स्वास्थ सेवामा सबै जनताको पहुँच गराई स्वास्थ र स्वच्छ सुन्दर सुदूरपश्चिम प्रदेश बनाउने अभियानमा प्रदेश सरकार रहेको बताउनु भएको छ ।
पोलियो मुक्त प्रदेश निर्माणका लागि २ दिने समीक्षा गोष्ठीको धनगढीमा उद्घघाटन गर्नुहुदै राज्यमन्त्री रैका ले उक्त कुरामा जोड दिनुभएको हो । उहाँले स्वास्थ सेवालाई थप सुधार गरी गुणस्तरीय,विश्वस्नीय र सर्बसुलभ बनाउनु पर्ने र पहुँच सुनिश्चितता गराउँने बताउनुभयो
कार्यक्रममा सामाजिक बिकास मन्त्रालयका स्वास्थ महाशाखा प्रमुख दयाकृष्ण पन्त, स्वास्थ निर्देशानालय निर्देशक डा जगदिश जोशी,अधिकृत अोमप्रकाश जोशी लगायतकाले मन्तब्य राखेका थिए ।
सुदूरपश्चिम प्रदेश सरकार सामाजिक बिकास मन्त्रालय,स्वास्थ निर्देशानालय दिपायलको संयोजन र विश्व स्वास्थ संगठनको सहयोगमा स्वास्थ सेवा बिभाग काठमाडौले कार्यक्रम अायोजना गरेको हो ।






