कञ्चनपुर, सावन ३ । कञ्चनपुरको एक वडा कार्यालयमा आन्दोलनकर्ताले वडाध्यक्षको कुर्सीनै कब्जा गरेका छन्। कंचनपुर जिल्लाको लालझाडी गाउँपालिका वडा नम्बर ४ मा आन्दोलनकर्ताले वडाध्यक्षको कुर्सीनै कब्जा गरेका हुन्।
लालझाडी गाउँपालिका र वडा कार्यालयबाट यसबारे कुनैपनि विज्ञप्ति जारी गरेका छैनन । लालझाडी गाउँपालिका र वडा कार्यालय अहिले यसबारे मौन किन ?
कार्यालय बन्द गराउन आएका युवाहरु मध्ये ३० वर्षीय सुरज रानाले वडाध्यक्षको कुर्सीमा बसेर अभद्र व्यवहार देखाएका छन्।
मुख्यमन्त्री नमुना कृषि समन्वय समितिले यन्त्र वितरणमा मनोमानी गरेको भन्दै युवाको समूह वडा कार्यालय बन्द गराउन पुगेको थियो।






