जेम्स राना/पुनर्वास, असार ३०। कञ्चनपुरमा दिनदहाडै एक घरमा लुटपाट भएको छ। बुधबार दिउँसो भीमदत्त नगरपालिका–४ गोबरियामा एक समूहले गीता चन्दको घरमा लुटपाट गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पीडितले १ लाखसहित सुनका गहना लुटिएको भन्दै निवेदन दिएकी छिन् । भारतीय नागरिक जस्ता देखिने ४ जनाको समूहले गीताको हातखुट्टा बाँधेर घरमा लुटपाट गरेको बताइएको छ ।
घटनाबारे अनुसन्धान भइहेको कञ्चनपुर प्रहरीका प्रहरी निरीक्षक लालबहादुर बमले बताए ।






