नरेश राना/लालझाडी, असार २१ । कंचनपुरको लालझाडी गाउपालिकाको वडा नं ४ को सभा हलमा वडा अध्यक्ष बहादुर रानाको सभा अध्यक्षतामा उत्थान परियोजनाको उद्धघाटन गरी बिभिन्न राजनीतिक दल, सहकारी संस्था, कृषक समुह बिभिन्न जलबायु तथा बिपत ब्याबस्थापन काम गर्ने समुह को उपस्थिति रहेको थियो ।

वडा अन्तर्गत बाताबरण सम्बन्धी वडाले कुन कुन काम गर्नु पर्छ भनेर वडाका प्रतिनिधिलाई LIWAD संस्था अधिकृत लक्ष्मी प्रसाद भट्टले बाताबरण सरसफाई सम्बन्धी सहजिकरण गर्नु भएको थियो । यस क्रममा कार्यक्रमलाई अझै पारदर्शिता पार्नु भएको थियो DCA संस्था का संयोजक जगदीश भट्टले सम्पूर्ण सहभागीलाई बाताबरण सम्बन्धी सहजिकरण गर्नु भएको थियो। कार्यक्रमलाई NNSWA का प्रतिनिधि रोसन लाल चौधरीले संचालन गर्नु भएका थिए।