धनगढी २० असार २०७९।
धनगढी उपमहानगरको आठौ नगर सभाको तेस्रो बैठकमा चर्को विवाद भएको छ । सो क्रममा उपमेयर कन्दकला रानाले आफ्नो सल्लाह विना नै बजेट पुस्तिका प्रकाशित गरिएको भन्दै विरोध गरेकी थिइन ।
उपमेयर रानाले गोपाल हमाल र प्रशासकीय अधिकृतले एकलौटीरुपमा कुनै सल्लाह नगरेर बजेट पुस्तिका (रातो किताव ) प्रकाशित गरेको बताइन ।
उपमेयर रानाले विरोध गरेपछि एमाले र माओवादी पक्षका जनप्रतिनीधिले कुर्ची उठाएर फालेका थिए । भने काँग्रेस पक्षले भने मेयर गोपाल हमालले ल्याएको बजेट पुस्तिकामा समर्थन गरेको छ ।