धनगढीमा १९औँ राष्ट्रिय धान दिवस मनाउदै ,कृषि मन्त्री चौधरी

२०७९ असार १५, बुधबार २१:१७
धनगढीमा १९औँ राष्ट्रिय धान दिवस मनाउदै ,कृषि मन्त्री चौधरी

दिनेश राना धनगढी १५ असार ।

१९औँ राष्ट्रिय धान दिवस कैलालीको धनगढी उपमहानगर पालिका वडा नं. ७ देवहरीया गाउमा एक कार्यक्रमका विच मनाइयो । “धानबालीम जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग ” भन्ने मुलनाराका साथ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सब मनाइयो ।

कैलाली ज्ञान केन्द्रको आयोजनमा दाइजो कृषि सहकारी संस्थाको समन्वयमा सुदुरपश्चिम प्रदेश भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्री मननिय विनिता चौधरीको प्रमुख अतिथ्यमा धन दिवस मनाइयो । धन दिवसको अवसरमा बोल्दै माननिय कृषि मन्त्रीले भन्नु भयो “ हामीले उत्पादन बढाउनुको नाममा हाइब्रेट वालिहरु भित्राइरहेका छौ यसले हाम्रा रैथाने, स्थानिय बालीहरु हराउदै गइरहेको छ । त्यस्ता बालीहरुलाई पनि संरक्षण गर्दै जानु पर्दछ ” ।

“उत्पादनलाई कसरी निर्यात गर्ने भन्ने कुरामा अहिले सरकारले मुख्यमन्त्री एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यक्रम संचान गरेकाछौ ।” किसानहरुलाई चाहिने आवश्यक कृषि यन्त्र लगायत प्रविधिहरु किसानहरुलाई अनुदानमा दिएकाछौ यसै दाइजो कृषि सहकारी संस्था मार्फत हामीले कृषि यन्त्रीकरण वितरण गरेकोछौ ।,”

” अर्को कुरा किसानहरुले उत्पादन गरेको बस्तुको मुल्य सरकारले तोकेको समर्थन मुल्यमा व्यापारीहरुले किनेनन भने त्यसता बस्तुहरु सरकारले खरिद गर्नु पर्दछ त्यसको लागि हामीले नौ वटा जिल्लामा यस्ता बजारहरु बनाउनु पर्दछ र धनगढी उपमहानगर पालिकामा एउटा ठुलो कोल्ड स्टोर बनाउनको लागि संघिय सरकार संग पहल भइरहेको छ” बताइन कृषि मन्त्री चौधरी ।

कार्यक्रममा सरोकारबाला संस्थाहरुको उपस्थितीम दाइजो कृषि सहकारीका अध्यक्ष मानबहादुरा रानाको सभापतित्वमा कार्यक्रम सम्पन्न सम्पन्न भएको थियो ।