नरेश राना/कञ्चनपुर, असार १० । कञ्चनपुरको कृष्णपुर नगरपालिकाले १ अर्व ६ करोड ९४ लाख १० हजार रुपैयाँको बजेट प्रस्ताव गरेको छ । शुक्रबार नगरपालिकाले आर्थीक बर्ष २०७९–८० को नीति कार्यक्रम तथा बजेट सार्वजनिकरण कार्यक्रममा सो बजेट पेश गरेको हो ।

नीति तथा कार्यक्रमको लक्ष्य ‘शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र उद्योग, आत्मनिर्भर कृष्णपुरमा श्रोतको सदुपयोग’ लिइएको छ ।

नीति तथा कार्यक्रम प्रस्तुत गदै उपपमुख द्रोपती रानाले निर्वाचनको समयमा गरिएका चुनावी बाचा पुरा गर्ने संङ्कल्प सहित नीति तथा कार्यक्रम प्रस्तुत गरिएको बताईन ।

नीति तथा कार्यक्रममा युवा स्वरोजगारका लागि कृषिलाई मुख्य प्राथमिकता दिइने उल्लेख छ । जसका लागि सामुहिक खेतीमा प्रोत्साहन गरिने कार्यक्रम ल्याइएको छ ।