लालझाडीमा नागरिक समाज संस्थाहरुका लागी पैरवी रणनीति निर्माण कार्यशाला गोष्ठी

२०७९ असार ८, बुधबार १६:३४
लालझाडीमा नागरिक समाज संस्थाहरुका लागी पैरवी रणनीति निर्माण कार्यशाला गोष्ठी

नरेश राना/लालझाडी ८ असार । कंचनपुरको लालझाडी गाऊपालिका मा २ दिने नागरिक समाज संस्थाहरुको लागी पैरवी रणनिति निर्माण कार्यशाला गोष्ठी शुरू भएको छ ।

जून गोष्ठी लाई FECOFUN र NNSWA परियोजना ले जलबायु समनुकूलन र आर्थिक समृद्धिका लागी समबेशी नागरिक समाज संघसस्थाहरुको क्षमता अभिबृद्धि गर्न (उत्थान)बिशेष लालझाडी गाउपालिका लाई समेटी यस गा.पा.भित्र रहेका उत्थान परियोजना मा अबद्ध

,सामुदायिक बन उपभोक्ता समूह का पदाधिकारीहरु, नागरिक समाज संस्था ,कृषक समुह, कृषि सहकारीहरुलाई सुरुको दिनमा पैरवी सम्बन्धी तालीम उत्थान परियोजना NNSWA संयोजक बिनोद बिक्रम जैरु ले तालीम लाई सहजिकरण गर्नु भएको थियो।

तालीम मा खेल सँगै प्रयोगात्मक गरएरा तालीम दिनु भएको थियो ।गोष्ठी लाई लालझाडी गाउपालिका वार्ड नं २ का वार्ड अध्यक्ष आशाराम राना ले उद्धघाटन गर्नु भएको थियो।भने गोष्ठी लालझाडी गाउपालिक वार्ड नं २ को सभाकक्ष मा भएको थियो।