नरेश राना/लालझाडी, असार ६ । सुदूरपक्षिममा बसोवास राना थारूले आफ्नो छुट्टी पहिचान तथा आफ्नो संस्कृति रितीरिवाज संरक्षणको लागी राना थारू कलाकार मंचले लालझाडी गाउपालिका का प्रमुखलाई आफ्नो माग पत्र बुझाएको राना थारू कलाकार मंचका सदस्य जगदीश रानाले बताए।
कृष्णापुर नगरपालिका, बेंलडाडी गा. पा., बेलौरी नगरपालिका र पुर्नबास नगरपालिकामा मंगलबार आफ्ना माग पत्र बुझाउने राना थारू कलाकार मंचकी अध्यक्ष श्रीशा रानाले रानाथारु डट कम (ranatharu.com) लाई जानकारी गराइन्। यस्तै लालझाडी गाऊपालिका का अध्यक्ष निर्मल रानाले यो मागलाई मा प्राथमिकता दिने छू भनेर रानाथारु कलाकार मंचलाई उत्साहित पार्नु भएको छ।
