शिव माध्यमिक विद्यालयले नव निर्वाचित वडाका जनप्रतिनिधिहरुलाई स्वागत तथा बधाइ कार्यक्रम

२०७९ असार ३, शुक्रबार १५:२५
शिव माध्यमिक विद्यालयले नव निर्वाचित वडाका जनप्रतिनिधिहरुलाई स्वागत तथा बधाइ कार्यक्रम

धनगढी ३ असार। धनगढी उपमहानगर पालिका वडा नं. ७ देवहरिया स्थित श्री शिव माध्यमिक विद्यालयले नव निर्वाचित वडाका जनप्रतिनिधिहरुलाई स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न गरेकोछ । सम्मान कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भागिराम चौधरीको सभापतित्वमा भएको थियो । कार्यक्रमका प्रमुख अतिथी वडा नं. ७ का वडा अध्यक्ष मोति रानाथारु रहनु भएको थियो । वहाँले भन्नु भयो विद्यालयको प्रङ्गणमा खसेको रुख विद्यालयले प्रयोग गर्न पाइरहेको छैन, रुख ढलेको छ, काठ सडेर गइरहेको छ तर विद्यालयले प्रयोग गर्न पाइरहेको छैन यसको लागि मैले जिल्ला वन समुनव्य इकाइमा कुरा राख्छु , त्यसै गरि नगर स्वास्थ्य चौकिको बारेमा पनि कुरा बुझेर व्यवस्थापन गर्ने बताउनु भयो वडाअध्यक्ष रानाले ।

कार्यक्रमका विशिष्ट अतिथिमा वडा सदस्य विक्रम खाती, सरस्वाति चन्द, बासु राना र इन्द्रा देवी लुहार रहनु भएको थियो । कार्यक्रमको स्वागत मन्तव्य विद्यालयका प्रधानाध्यापक नन्दलाल रानाले गर्नु भएको थियो । वहाँले नव निर्वाचित वडाका जनप्रतिनिधिहरुलाई विद्यालयको गतिविधिको जानकारी गराउनुभएको थियो । मिति २०५७ सालमा स्थापना भई २०५९ सालदेखि नियमित विद्यालय संचालन हुदै हाल कक्षा १० मा.वि. तह संचालन भइरहेको जानकारी गराउनु भयो । विद्यालयको प्राङ्गणमा नगर स्वस्थ्य भवनले विद्यालयलाई अप्ठयारो बनाइरहेको छ र स्वास्थ्यको भवनको पुर्वको जग्गा खाली बाँझो रहने भएकोले त्यसको व्यवस्थापनको लागि सम्बन्धित निकाय संग समनव्य गरिदिनह अनुरोध गर्नुभयो


त्यसैगरी अहिले प्रत्येक वडामा वडा विकासको लागि वजेट तर्जुमा भई रहेकोले विद्यालयको भौतिक संरचना, खेलमैदान जस्ता कार्यक्रमले विद्यालयको स्तरउन्नतिको लागि पहल गर्न र विद्यालयको गुणस्तर उकासना तथा नगरमै नमुना वडा वनाउनकालागि कार्यक्रमको तर्जुमा गर्नु पर्ने भनेर शिक्षक कृष्णराज ओझाले सुझाब दिनुभयो । त्यसै गरी वि.व्य.स. सदस्य कालिराम राना, अभिभावक अनिता रावल र पृथ्वीराम रानाले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा बधाइको शुभकामना दिनुभएको थियो । कार्यक्रममा विद्यालयय व्यवस्थापन समिति , शिक्षक अभिभावक संघका पदध्यकारी, शिक्षक र विद्यार्र्थीहरुको उपस्थिती रहेको थियो । कार्यक्रम सहयक प्रधानाध्यापक नेत्रा नाथले संचालन गर्नु भएको थियो ।