नरेश राना / कञ्चनपुर २८ जेठ २०७९। लालझाडी गाउँपालिका वडा नं. ३ बस्ने वर्ष ३८ की रामकली राना २०७९।२। २३ गते बाट हराएकी छन ।
उनी दैजी गाउमा फुपु विरामी भनेर घरबाट निस्केकी हुन । दिउसो घरबाट जाने क्रममा भतिजालाई कलुवापुर गाउसम्मा पु¥याई मागेकी हुन । २६ गते एकासी उनको मोबाईलबाट ३,४ पटक फोन आयो तर त्यो फोनमा अवाज सुनाइ नदिएपछि एकछिन पछि मोवाई सुइचअफ भयो त्यस पछि उनको खोजी कार्य सुरु भयो भनेर उनका जेठाज्यु गजेन्द्र रानाले जानकरी दिए ।
नजिकका नातपात देखी इष्टमित्र सवै तिर खोज्दा हाल सम्मा भेट नहुदा आज हामी नजिकको प्रहरी चौकीमा खोजीकार्य गरी पाउ भनि जानकारी दिएका छौ । हराएकी महिला स्व रामसहे रानाकी पत्नि हुन, उनको १५ वर्षको छोरा रहेको छ । कुनै महानुभावले भेटाउनु या देख्नु भयो भने नजिको प्रहरी चौकी या फोन नं. ९८२२६२८३९३ मा खवर गरिदिन हुन अनुरोध गर्दछौ ।