दिनेश राना /कैलाली,२१ जेठ २०७९ ।
धनगढी उपमहानगर पालिका वडा नं. ७ जखौर ताल टोलका दुई जना केटा रुखबाट खसेर एक जनाको मृत्यु भएको र अर्का एक जना गम्भिर घाइते भएको छ ।
ति दुवै जना कुसुम खाने भनेर नजिकैको जंगल गएका हुन । ती दुवै जना रुखको एउटै हाँगा बसेका बेला हाँगा भाँचेर खसेका हुन । १४ वर्षिय विवेक चौधरीको टाउमा चोट लागेकोले उनी घटना स्थलमै मृत्यु भएको छ, भने अर्का १८ वर्षिय भास्कर जोशीलाई कम्मर र हातामा चोट लागेकोले उनलाई नवजीवन अस्पतालको असियुमा राखेर उपचार भइरहेको जानकारी परिवारीक स्रोत ( आम, हेमा जोशी )ले दिइन ।