जेम्स राना/बेलाैरी, जैठ ०९ । बेलौरी नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख र उपप्रमुख ज्युहरु पदभार ग्रहण गरेका छन ।
२०७४ सालको स्थानीय निर्वाचनमा नगर प्रमुखमा निर्वाचित भईसकेका पोतिलाल चौधरी, पुनः निर्वाचित भएका छन् । आज मिति २०७९ जेष्ठ ९ गतेका दिन नगरप्रमुख पोतिलाल र उपप्रमुख जोगराम चौधरी ज्युले पदभार ग्रहण गर्नुका साथै निवर्तमान उपप्रमुख श्री चित्रा चौधरीको बिदाई कार्यक्रम सम्पन्न भएको छ ।