धनगढी, जेठ ०८ । कञ्चनपुरको पुनर्वास नगरपालिका-८ मा स्वतन्त्रका उम्मेदवार विजयी भएका छन्। वडा अध्यक्ष र वडा सदस्य गरी सबै पदमा स्वतन्त्रका उम्मेदवार विजयी भएका हुन्।
वडा अध्यक्षमा राना श्रवण ८१८ मतसहित विजयी भएका छन्। त्यस्तै, महिला सदस्यामा देवी कार्की ६३२, दलित महिला सदस्यमा लक्ष्मी सुनार ६७१, सदस्यमा दिपेश मल्ल ६६४ र दुलेराम राना ६१३ मत ल्याएर विजयी भएका छन्। उनीहरु गुलाबको फूल चिह्नबाट चुनाव लडेका थिए।