पुनर्वास नगरपालिका ३मा एकीकृत समाजबादीका प्यानल बिजयी

२०७९ जेष्ठ ६, शुक्रबार ०७:३२
पुनर्वास नगरपालिका ३मा एकीकृत समाजबादीका प्यानल बिजयी

नरेश राना/कञ्चनपुर, जेठ ०६ । कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिकामा जारी स्थानीय तह निर्वाचन २०७९ को वडा नम्बर ३ मा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजबादीका कृष्ण बहादुर तामाङ सहित प्यानल बिजयी भएका छन । १२६३ मतदाता रहेको वडामा जम्मा ९३१ जनाले मात्र मतदान गरेका छन् । वडा नम्बर ३ को नतिजा सङै नेकपा माओबादी, नेपाली काङ्ग्रेस, नेकपा एमाले र नेकपा एकीकृत समाजबादीले एक एक वडामा बिजय हासिल गरेको छ ।

निर्वाचन अधिकृतको कार्यालय पुनर्वासले अपडेट गरेको मतको मत परिणाम अनुसार वडा अध्यक्षमा कृष्ण बहादुर तामाङ ३९६ मत ल्याएर आफ्ना प्रतिद्वन्द्वी नेकपा एमालेका आइत बहादुर तामाङ भन्दा ९५ मत अन्तरले बिजयी भएका हुन । भने त्यसै गरि नेपाली काङ्ग्रेसका शुक लाल तामाङ १४६, जसपाको २७ र राप्रपाले १० मत मात्र प्राप्त गरेका हुन भने महिला सदस्यमा एकीकृत समाजबादिकी शान्तिमाया तामाङ, दलित महिला सदस्यमा एकीकृत समाजबादिकी पबित्रा कामी, सदस्यमा दोय एकीकृत समाजबादिका सुपा तामाङ र बम बहादुर तामाङ बिजयी भएका हुन ।

मेयरमा नेपाली काँग्रेसका तोय प्रसाद शर्मा ३०४७ मत सहित अग्र स्थानमा रहेका छन भने गठबन्धबाट नेकपा एकीकृत समाजबादिका जीवन राज थापाको १७७०, नेकपा एमालेका पदम पुजाराको १७४३, राप्रपाका सनत जङ्ग गिरिको ३४६ र जनता समाजबादी पार्टीका तारा गिरिको २६ मत रहेको छ ।

उप-मेयरमा नेपाली काङ्ग्रेसकि भुलिया राना २४७३ मत सहित अगाडी रहेकि छन भने उनलाई पछ्याउँदै गठबन्धबाट नेकपा माओबादीका धोके राना २३०८, नेकपा एमालेकी शुशिला खत्रिको १९१२, राष्ट्रिय प्रजातन्त्र पार्टीकि तिर्थमाया सुनार ३७२ र जनता समाजबादी पार्टीकि भागिरथी रानाको २० मत रहेको छ ।

बिजयी हुनु भएका वडा अध्यक्ष कृष्ण बहादुर तामाङ सहित सम्पुर्ण सदस्यहरुमा आफ्नो कार्यकालमा जनताको मन जित्न सकुन भन्ने शुभेच्छा सहित हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछौ ।