निबा राना/धनगढी, जेठ ०४ । कैलालीको धनगढी उपमहानगरपलिका १७ नं. वडाध्यक्षयमा नेपाली कांग्रेसका मधाव राज राना विजय भएका छन्।

रानाले ९६६ मत पाएका छन्। उनका निकट प्रतिद्वन्द्वी नेकपा माअाेबादी केन्द्रका रामबहादुर चौधरीले ७४३ मत प्राप्त गरेकाे छन्, भने नेकपा एमालेका दिपेन्द्र घर्तीमगरले २२७ मत र राप्रपाका रामदिन चौधरीले २४३ मत प्राप्त गरेका छन्।

२०७४ काे स्थानीय तहकाे निर्वाचनमा पनि राना धनगढी उपमहानगरपलिका वडा नं. १७ मा निर्वाचित भएका थिए।