नरेश राना/कञ्चनपुर, जेठ ४ । कञ्चनपुरको बेदकोट नगरपालिका ६ मा नेपाली काँग्रेसको बलियाे पकड रहेकाे क्षेत्र भत्काउँदै नेकपा माओवादी केन्द्रका उमेदबार तुलसि राना निर्वाचित भएका छन ।
निर्वाचन आयोगको कार्यालय बेदकोटका अनुसार मगलबार साँझ सम्पन्न मत गणना अनुरुप बेदकोट ६ मा माओवादीका राना निर्वाचित भएका हुन ।
माओवादीका उम्मेदवार रानाले काँग्रेसका उम्मेदवार धनसिह पुजारालाई हराउँदै अध्यक्षमा निर्वाचित भएका छन ।
नेकपा माओवादी केन्द्र बेदकोट नगरका उपाध्यक्ष भीम भट्टले कम्यूनिष्टले उक्त वडामा ईतिहास रचेको बताए । निर्वाचित रानालाई नेकपा माओवादी केन्द्रीय सदस्य ओम विक्रम भाट(सरल), उप प्रमुखका उम्मेदवार सीमा जैसी सहितका नेता कार्यकर्ताले बधाई ज्ञापन गरेका छन ।






