कञ्चनपुर, बैशाख ०२ । बेलडाँडी गाउँपालिकामा नेपाली कांग्रेसका अध्यक्ष पदका उम्मेदवार हरिशचन्द्र राना ४१०३ मत ल्याएर विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धि नेकपा एमालेका अकल बहादुर विष्टले २३०१ मत ल्याएका छन्।

यस्तै गाँउपालिका उपाध्यक्षमा पनि नेपाली कांग्रेसकी शान्ती नाथले ३६७३ मत ल्याइ विजयी भएकी छन्।