चुरे गाउँपालिकाको अध्यक्षमा एमाले र उपाध्‍यक्षमा कांग्रेस निर्वाचित

२०७९ जेष्ठ २, सोमबार ११:१०
चुरे गाउँपालिकाको अध्यक्षमा एमाले र उपाध्‍यक्षमा कांग्रेस निर्वाचित

कैलाली,२ जेठ, धनगढी । कैलालीको चुरे गाउँपालिकामा सत्तारुढ पाँच दलको समर्थन पाएका नेकपा एकीकृत समाजवादीका उम्मेदवारलाई पराजित गर्दै नेकपा एमालेका चक्रबहादुर बोगटी निर्वाचित भएका छन् ।

बोगटीले तीन हजार ३०५ मत पाए भने निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका लोकबहादुर सारुमगरले तीन हजार २८१ मत ल्याएका छन् ।

गाउँपालिकाको उपाध्यक्षमा भने नेपाली कांग्रेसकी धाना थापा निर्वाचित भएकी छन् ।

थापाले तीन हजार ४४९ मत ल्याएर विजयी हुँदा प्रतिद्वन्द्वी एमालेकी दीपादेवी साउदले तीन हजार १२१ मत पाएकी छन् ।