नरेश राना/कञ्चनपुर, जेठ २ । सुक्लाफाटा वड नम्बर ३ मा नेकपा माओवादीका तर्फबाट उमेदबार रहेका नरेन्द्र चौधरी दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । मुख्य प्रतिस्पर्धी नेकपा एमाले र नेपाली कंग्रेसका उम्मेदवारहरुलाइ दोब्बर भन्दा बढी मतले पछ्याउँदै ४५५ मत ल्याई वडाअध्यक्ष मा निर्वाचित भएका हुन् । यस्तै नेकपा-माओवादीका अध्यक्ष लगायत सबै उम्मेदवारहरुले वडा नम्बर ३ बाट दोब्बर बढी मत पाएका छन् ।

जनताको कामप्रति निकै इमान्दार र अनुशासित नेकपा माओवादी का तर्फबाट उम्मेदवार रहेका वडा अध्यक्ष लगायत चार जना सदस्यहरु यसअघिको कार्यकालमा पनि शानदार जितका साथ निर्वाचित भएका हुन् । नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष समेत रहेका नबनिर्बाचित वडाअध्यक्ष नरेन्द्र चौधरी पार्टीभित्र र बाहिर बाहिर अनुशासित र भद्र शालीन व्यक्तिका रूपमा परिचित छन् । नेकपा माओवादी केन्द्रले नगरप्रमुखमा नेकपा अग्रता लिइरहेको छ ।