जेम्स राना ०१ जेठ । कञ्चनपुरको बेलौरी नगरपालिकामा नेकपा माओवादी केन्द्रले २ वटा वडामा विजय सुरुवात गरेको छ ।

नेकपा माओवादी केन्द्रले बेलौरी नगरपालिका वडा नम्बर १ मा विजय सुरुवात सनिबार नै गरिसकेको छ भने बेलौरी नगरपालिका वडा नम्बर १० मा पनि विजय सुरुवात गरेको छ । निर्वाचन अधिकृतको कार्यालय बेलौरीका अनुसार बेलौरी नगरपालिका वडा नम्बर १० मा माओवादी केन्द्रको प्यानल नै निर्वाचित भएको छ । माओवादी केन्द्रका सोमलाल चौधरी निर्वाचित हुनुभएको छ ।

चौधरीले १ हजार १ सय १६ मत प्राप्त गर्दै प्यानल सहित विजयी हुनुभएको हो । एमालेका लोकेन्द्र प्रसाद जोशीले ४२८ प्राप्त गर्नुभयो भने कांग्रेसका तारादेबी खड्काले ४९९ मत प्राप्त गर्नुभएको छ । बेलौरी नगरपालिका वडा नम्बर १० मा ३ हजार ५ सय ८ मत खसेका थियो ।