कञ्चनपुर,२८ बैशाख । नेकपा माओवादी केन्द्रकातर्फबाट संघीय सांसद तथा पार्टी अध्यक्ष प्रचण्डकी बुहारी बिना मगर र लालझाडी गाउँपालिकामा नेकपा माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार मदनसेन बडायक सहितले मौन अवधिको अवज्ञा गर्दै मत मागिरहेका थिए । गाउँका ४०/५० जना मतदाताहरु भेला पारेर मत मागिरहेको उनको तस्बिर सार्वजनिक भएको छ । ‘राजनीतिक प्रचार प्रचार हिजैदेखि बन्द भइसक्यो कसरी जम्मा भए भनेर साेधपुछ गरिएको भन्ने कुरामा भनाभन सुरु भएर दुवै पक्ष बिच झडप शुरू भएकाे थियाे ।
आक्रमणबाट प्रकाश राना सहित किशोर जोशी, नरेश राना, दिनेश राना लगायतका घाइते भएका छन् । स्थानीयका अनुसार पानी टोलमा भेला गरी भोट मागि रहेको अवस्थामा प्रकाश राना सहितले मौन अवधिमा प्रचार गर्न नपाइने भन्दै फोटो खिच्न थालेपछि उनीहरुमाथि आक्रमण गरिएको छ । अध्यक्ष बडायक सहित वडा नं. १ का अध्यक्षका उम्मेदवार दिनेश राना, प्रकाश मगर, दिपक तिमिल्सिना लगायतले उनीहरुमाथि आक्रमण गरेको उनीहरुले बताएका छन् ।
आक्रमणमा परी अन्य एमाले नेता पनि घाइते भएका छन् । एमालेका केन्द्रीय सदस्य कृपाराम रानाले मौन अवधिमा भेला गर्न पाइदैन भनेपछि एमाले कार्यकर्तामाथि आक्रमण गरिएको बताए । ‘मौन अवधिमा भेला गर्न पाइदैन भनेपछि विवाद भयो, त्यसपछि एकाएक गुण्डा बोलाएर हामी साथीमाथि आक्रमण गरियो’ उनले भने । आक्रमणवछि एमालेले जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयलाई जानकारी दिएर संलग्नलाई पक्राउ गर्न माग गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक श्यामराज चौधरीले लालझाडीमा भोजभतेर भई रहेको र त्यसपछि विवाद भएको जानकारी आएकाले प्रहरी टोली घट्ना स्थलमा पठाइएको बताए ।