नन्दलाल राना, धनगढी,२१ बैशाख २०७९ ।
असन्न निर्वाचनमा धनगढी उपमहानगर पालिका वडा नं. १६ बाट भागिराम चौधरी नेकपा एमालेबाट वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन । उनी ३४ बर्ष शिक्षण पेशामा अनुभव बटुलि सकेका हुन ।

चाैधरी दिपेन्द्र चारपाते माध्यमिक विद्यालयका धनगढी १६ भदाका प्र.अ. हुन । बैशाख ३० गते हुन गईरहेको स्थानिय तहमा चाैधरी वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन । उनी आप्नो वडामा साह्रै लोगक प्रिय हुन ।

चाैधरी नेपाल राष्ट्रिय शिक्षक संगठनको जिल्ला सदस्य हुदै सल्लहकार भएर काम गिरसकेका छन । उनी आप्नो वडाबासीको इच्छा र चहाना अनुसार उम्मेदवारी दिएकाे बताए । चाैधरी भन्दैछन लामोसमय सम्मा शिक्षण पेशामा रहेर जनताको सेवा गरे अब एक पटक जनप्रतिनिधि भएर सेवा गर्ने मौका मलाई मेरो वडा बासीहरुले दिनेछन भनेर मलाई पुर्ण विश्वास छ ।
मैले विजय प्राप्त गरे पछि जनताहरुको शिक्षा,स्वास्थ्य, खानेपानी लगायत कृषि क्षेत्रको विकासमा जोडदिने प्रतिबद्घता जनाएका छन् ।