धनगढी,१८ बैशाख । नेपाल राष्ट्रिय शिक्षक संगठन धनगढी नगर समितीले पिक्नीक तथा भेटघाट कार्यक्रम गरेको छ । कार्यक्रम धनगढी नगर समितिका अध्यक्ष शान्ति पालको संयोजकत्वमा भएको थियो ।
कार्यक्रममा नव निर्वाचित केन्द्रिय सदस्य, जिल्ला समितिका पदध्याकरी तथा सदस्यहरुलाई सम्मा गरेको थियो । सोहि कार्यक्रममा नेकपा एमालेबाट धनगढी उपमहानगर पालिका मेयरका प्रत्यासी रण बहादुर चन्द , उपमेयरका उमेदवार कन्दकला राना र वडा नं. ७ का उमेदवार मोति रानालाई कार्यक्रममा अग्रिम शुभकामना दिनेकार्यक्रम पनि रहेको थियो ।

कार्यक्रममा मेयर पदका उमेदवार रण बहादुर चन्दले नेपाल राष्ट्रिय शिक्षक संगठनले चुनाबको महौलमा भेटघाटको अवसर मिलाई दिनुभएको हामी यस संगठन प्रति अभारव्यक्त गर्दछौ । साथै धनगढी उपमहानगर पालिकामा निजी शिक्षकहरुको समस्यरहेको छ , हामी विजय प्राप्त गरेयौ भने सब भन्दा पहिले निजी शिक्षकहरुको समस्यालाई समाधान गर्ने बताए । त्यसै गरी हामीले कैलाली बहुमुखिक्यामपस, फुलबारी क्याम्पस लगायत समुदायिक विद्यालयमा धनगढी नगर पालिकाको वजेट बुद्धि गर्ने कुरा बताए ।

त्यसैगरी धनगढी उपमहानगर पालिका उपमेयरकी उमेदबार कन्दकला रानाले भनिन , यति तपाईहरु देशको मुहर फेर्न चाहनु भएको छ भने नेकपा एमालेलाइ विजय गराउन जरूरी छ , हाम्रो पार्टिले बृद्धाहरूलाइ भत्ता दिने कुरा ल्यायो तर अहिले वहाँहरुलाई भत्ता बुझनको लागि अहिलेकाे गठबन्धन सरकारले झुलाई राख्नु भएको छ । हामीहरू विजय भए पछि महिला दिदीवहिनीहरुका तमान समस्यहरु रहेका छन, अपाङ्ग, दलित, गरिब किसानहरुको समस्यहरुको बारेमा म तपाईहरु संग सरसल्लह तथा छलफल द्वारा समस्या समाधान गर्ने कुराको प्रतिबद्घता व्यक्त गरिन ।
कार्यक्रमको संचालन नगर सचिब प्रेमचन्द रानाले संचालन गर्नु भएको थियो ।