जेम्स राना/बेलौरी,१४ बैशाख । नेकपा माओवादी केन्द्रले कञ्चनपुरको बेलौरी नगरपालिका प्रमुखमा पुनः पोतिलाल चौधरीलाई अघि सारेको छ । स्थानीय निर्वाचनमा मेयर चाैधरी बलियाे उम्मेदवार रहेको जिकिर गर्दै पार्टीले उनलाई पुनः अघि सारेको हाे ।

यस्तै पार्टीले उपप्रमुखमा मञ्जु शाहीलाई अघि सारेको छ । माओवादी केन्द्र बेलौरी नगरपालिका १ देखि १० सम्म क्रमश: वडाध्यक्षहरु धन ब. विष्ट, झकबहादुर शिरिस, हर्क भुल, रामेश्वरी न्यौपाने, लाल ब. चौधरी, राम प्रकाश बडायक, प्रेम चौधरी, विश्राम राना, धर्म ऐरी र शोभलाल चौधरीले उम्मेदवारी दर्ता गराएका छन् । भने हिजो कञ्चनपुरमा माओवादी एकीकृत समाजवादी बीच चुनावी तालमेल भएपनी बेलाैरीका केही वडामा सहमतिकाे वातावरण सृजना नभएपछि पार्टीको छुट्टाछुट्टै उम्मेदवारी परेको थियोे ।

भने सम्भवतः समाजवादी संग आज नै सहमति जुटाएर जाने प्रयास भइरहेको जनाइएको छ । सहमति जुटेपछि उम्मेदवारी फिर्ता हुने छ ।