कानुन मन्त्री डा.रावल र सामाजिक विकास राज्यमन्त्री रैकाको पहलमा आगलागी पिडितलाई आर्थिक सहयोग

२०७९ बैशाख १३, मंगलवार २३:३८
कानुन मन्त्री डा.रावल र सामाजिक विकास राज्यमन्त्री रैकाको पहलमा आगलागी पिडितलाई आर्थिक सहयोग

कैलारी,१३ बैशाख ।

कैलारी गाउँपालिका वडा नं ७ बिपतपुर मुक्तकमैया शिविरमा आगलागी घटनाको आन्तरिक मामिला तथा कानुन मन्त्री डा. रणबहादुर रावल र सामाजिक बिकास राज्य मन्त्री टेकबहादुर रैकाले स्थलगत अवलोकन पश्चात पिडितहरुसंगको प्रतिबद्धता पुरा गर्नुभएको छ ।
कानुन मन्त्री डा.रावल र सामाजिक विकास राज्यमन्त्री रैकाको विशेष पहल र समन्वयमा प्रदेश सरकारको तर्फवाट अागलागी पिडितलाई तत्काल राहत स्वरुप आर्थिक सहयोग गरिएको हो ।
बिपतपुर मुक्तकमैया शिविरमा आगलागी पछि त्यहाँका पिडितहरुलाई क्षेती अनुसार २० हजार,१५ हजारका दरले नगद सहयोग गरिएको हो । अार्थिक सहयोगले थोरै भए पनि राहत मिलेको बताउदै एक अागलागी पिडितले मन्त्रीद्घय डा . रावल र रैका लाई धन्यवाद दिनुभयो ।
यसअघि सोमबार नै आगलागीबाट घरवार बिहिन ७३ परिवारलाई कानुन मन्त्री डा. रण वहादुर रावल र सामाजिक राज्यमन्त्री टेक वहादुर रैकाले खाद्यान्न सामाग्री,स्वास्थ सरसफाइका सामाग्री , टेण्ड घर र अन्य बस्दोबन्दीका सामाग्री बितरण गर्नुभएको थियोे ।
यसैबिच सुदूरपश्चिम प्रदेशका सामाजिक बिकास राज्यमन्त्री टेक बहादुर रैकाले आगलागी पिडितहरुको परिवारको उचित व्यवस्थापनका लागि आफूले विभिन्न सरकारी एंव गैरसरकारी दातृ निकायसंग समन्वय गरिरहेको र पिडितहरुलाई थप राहत र उचित व्यवस्थापन गरिने बताउनु भएको छ ।